शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा | Khabarhub Khabarhub

शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । 

बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहरलाई छुट्याएर राख्छन् । 

केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनः प्रयोग गर्न सकिने फोहरलाई कवाडीमा बिक्री गरिन्छ । 

३० करोड २५ लाख रुपैयाँ लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहर सङ्कलन भइरहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिए । 

‘यो फोहरमैला व्यवस्थापन मात्रै नभएर प्रशोधन केन्द्र पनि हो, बजारबाट आउने विभिन्न फोहरलाई यहाँ वर्गीकरण गरिन्छ’, भट्टले भने, ‘थोरैभन्दा थोरै फोहर सेलमा राखेर माटोले पुरिन्छ यसले वातावरणलाई असर गर्दैन ।’

बिहान फोहर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहर सङ्कलन गरेर ल्याउने उनले बताए । केन्द्रमा कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहरलाई छुट्याएर राखिने र कुहिने फोहरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताए । यसले वातावरण स्वच्छ राख्न र फोहरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । 

निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिए ।

‘हरेक दिन बिहान हामीले बजारबाट फोहर सङ्कलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ’, उनले भने, ‘चाहिने फोहर छुट्याएर राख्छौँ, काम नलाग्ने फोहर सेलमा जम्मा गरिन्छ ।’ 

फोहरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहर सङ्कलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । 

रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहर सङ्कलन भइरहेको छ ।

शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ ।

स्थानीयले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको हो । 

फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहरबाट मलखाद बनाइने र नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : ४४ बजे

गुण्डुका किसान मखमली फूल टिप्न र माला गाँस्न व्यस्त

काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न

विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त

तिहार नजिकिँदा बजारमा चहलपहल बढ्दै (तस्बिरहरू)

काठमाडौं– तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र

प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षले भने- एकतिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनमै निर्वाचन गरौँ

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला

‘तक्मे बूढा’को ‘मैझारो’ लागि राजेशपायलले सांगीत‍िक प्रस्तुति दिँदै

काठमाडौं – कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’को