नीर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक | Khabarhub Khabarhub

नीर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक १४ बाट प्रदर्शनमा आउने फिल्म ‘परान’को पोएटिक टिजर सार्वजनिक भएको छ । वरिष्ठ कलाकार नीर शाहको जन्म दिन पारेर निर्माण पक्षले आइतबार टिजर सार्वजनिक गरेको हो ।

कवि नवराज पराजुलीको शब्द र आवाज रहेको यस कवितामा फिल्मका मुख्य पात्र नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । कवितामा बुवा-छोराको सम्बन्ध झल्काउने यथार्थवादी शब्दहरु समेटिएको छ ।

टिजरमा उनीसँगै फिल्मका शीर्ष कलाकारहरु मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका फिचर्ड गरिएको छ ।

यो टिजरले फिल्मको कथा बाबु-छोराको सम्बन्धको उत्तारचढावबारे रहेको प्रष्ट पारेको छ ।

टेलिसिरियल ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले यो फिल्मको निर्देशन गरेका हुन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गरेका हुन् ।

व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यस फिल्ममा लगानी गरेको हो ।

टिजर

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ४४ बजे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा