नीर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक « Khabarhub

नीर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक १४ बाट प्रदर्शनमा आउने फिल्म ‘परान’को पोएटिक टिजर सार्वजनिक भएको छ । वरिष्ठ कलाकार नीर शाहको जन्म दिन पारेर निर्माण पक्षले आइतबार टिजर सार्वजनिक गरेको हो ।

कवि नवराज पराजुलीको शब्द र आवाज रहेको यस कवितामा फिल्मका मुख्य पात्र नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । कवितामा बुवा-छोराको सम्बन्ध झल्काउने यथार्थवादी शब्दहरु समेटिएको छ ।

टिजरमा उनीसँगै फिल्मका शीर्ष कलाकारहरु मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका फिचर्ड गरिएको छ ।

यो टिजरले फिल्मको कथा बाबु-छोराको सम्बन्धको उत्तारचढावबारे रहेको प्रष्ट पारेको छ ।

टेलिसिरियल ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले यो फिल्मको निर्देशन गरेका हुन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गरेका हुन् ।

व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यस फिल्ममा लगानी गरेको हो ।

टिजर ु

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ४४ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम