‘तक्मे बूढा’को ‘मैझारो’ लागि राजेशपायलले सांगीत‍िक प्रस्तुति दिँदै « Khabarhub

‘तक्मे बूढा’को ‘मैझारो’ लागि राजेशपायलले सांगीत‍िक प्रस्तुति दिँदै


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’को प्रचारको काम सुरु भएको छ ।

प्रदर्शन मिति कात्तिक ७ नजिकिएसँगै निर्देशक राई पूर्व केन्द्रित प्रचारमा सक्रिय भएको पाइन्छ ।

केही दिनअघि मात्रै पूर्वका रिक्सामा फिल्मको पोस्टर टाँसेर निर्माण पक्षले प्रचारको काम सुरु गरेको थियो ।

अहिले निर्माण पक्षले गायक राजेशपायल राईलाई लिएर सांगितिक प्रस्तुतीमार्फत् फिल्मको प्रचार जुटिरहेको छ ।

गायक राईले बिहीबार धरानमा सांगीतिक प्रस्तुती दिएका थिए । झापाको बिर्तामोडका शनिबार उनले सांगीतिक प्रस्तुती दिँदै फिल्मको प्रचार गरेका थिए ।

यसबारे निर्देशक राई भन्छन्, ‘दर्शकलाई हाम्रो फिल्म आउँदै गरेको जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको हो ।’

उनका अनुसार गायक राईले दमक,मोरङको बेलबारी र सुनसरीको इटहरीमा पनि सांगीतिक प्रस्तुती दिनेछन् ।

गायक राईसँग संगीतकार तथा गायक अनमोल गुरुङ र फिल्म कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।

निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्ममा धिरज मगर ,मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, माउत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ३ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको