प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षले भने- एकतिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनमै निर्वाचन गरौँ « Khabarhub

प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षले भने- एकतिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनमै निर्वाचन गरौँ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । 

छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए  । 

जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थीत संसद भवन ध्वस्त भएको थियो । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको उनले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ३ : ५२ बजे

हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु

एजेन्सी– हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने २७ वर्षीया पञ्चाङ सदाको करेन्ट

पर्साबाट करिब २ सय १३ किलो गाँजा बरामद

पर्सा– जिराभवानी गाउँपालिका-४ पशुबजार नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १३

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकका

उपत्यकामा वायु प्रदूषण बढ्दै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण