विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा « Khabarhub

विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसहित तीनजना कर्मचारी र कम्पनीविरुद्ध विशेष अदालमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव, रौतहट एडभरटाइजिङ एजेन्सी प्रालि तथा उक्त कम्पनीका सञ्‍चालक अजित कुमार कर्णविरुद्ध अख्यिारले मुद्दा चलाएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी भ्रष्टाचार गरेको अख्तियारले लगाएको छ ।

उनीहरूविरुद्ध अख्तियारले जनही दुई लाख ५७ हजार ९ सय ७० बिगो, बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुल र ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद माग दाबी गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०८ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक