विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा | Khabarhub Khabarhub

विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसहित तीनजना कर्मचारी र कम्पनीविरुद्ध विशेष अदालमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव, रौतहट एडभरटाइजिङ एजेन्सी प्रालि तथा उक्त कम्पनीका सञ्‍चालक अजित कुमार कर्णविरुद्ध अख्यिारले मुद्दा चलाएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी भ्रष्टाचार गरेको अख्तियारले लगाएको छ ।

उनीहरूविरुद्ध अख्तियारले जनही दुई लाख ५७ हजार ९ सय ७० बिगो, बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुल र ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद माग दाबी गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०८ बजे

कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी

काठमाडौँ- विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको समर्थनमा नेपाली कांग्रेसका ४५ जना निवर्तमान

डोल्पाका याक मुस्ताङमा

मुस्ताङ – हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर