गुण्डुका किसान मखमली फूल टिप्न र माला गाँस्न व्यस्त « Khabarhub

गुण्डुका किसान मखमली फूल टिप्न र माला गाँस्न व्यस्त


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।  

तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरू व्यस्त छन् ।

गुण्डुमा उत्पादन भएका फूलहरूले उपत्यका लगायत आसपासका जिल्लामा खपत हुने गरेको छ । भक्तपुरमा २० वर्षभन्दा बढी समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् ।

वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेका छन् । अहिले नगरपालिकाले समेत फूलको उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्दै आएको छ । 

तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्त्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटिका लगाएपछि मखमली माला लगाइदिने परम्परा छ । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : २२ बजे

वरिष्ठ पत्रकार तथा कवि सुरेश किरणको निधन

काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश

रूपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ