यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसअघिका हारको बदला लिने अवसर « Khabarhub

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसअघिका हारको बदला लिने अवसर


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल अहिले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङमा उत्रिएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयसँगै यूएईलाई फिल्डिङको निम्तो दिएको हो ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले पहिले ब्याटिङमा जाने निर्णय लिएका हुन्।

प्रशिक्षक स्टुवार्ट लले जापानविरुद्धको खेलमा उतारेको सुरुवाती ११ लाई यूएईविरुद्ध पनि कायमै राखेका छन् ।

विश्वकप छनोटसँगै यो प्रतियोगिताको उपाधि यात्रा बलियो बनाउन यो खेल दुवै देशका लागि निर्णायक छ ।

नेपाल र यूएई समान दुई अंकसहित अपराजित छन् । यस खेलबाटै अपराजितमध्ये एउटा टिमले पहिलो हारको सामना गर्नुपर्नेछ ।

यदि नेपालले जितेमा विश्वकप छनोटको सम्भावना अझै बलियो बनाउनेछ । उता यो प्रतियोगिताको उपाधिनजिक पनि पुग्नेछ ।

यसअघिका खेलमा नेपाल यूएईविरुद्ध लगातार हार भोगेको छ । यसअघि नेपालले यूएईविरुद्ध ओमानमा भिडेका सबै तीन खेलमा निराश हुनु परेको थियो ।

नेपालले यूएईविरुद्ध यूएईमा भएको टी-२० एसिया कप छनोटको सेमिफाइनलमा हार भोगेको थियो। त्यहीकारण नेपालले एसिया कपको अवसर गुमायो ।

यस पटक नेपाल उच्च लयमा छ । डेढ वर्षपछि यूएईसँग पुरानै मैदानमा उत्रिएको नेपालले जित निकाल्ने योजना बनाएको छ ।
्

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : २९ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु