यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसअघिका हारको बदला लिने अवसर « Khabarhub

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसअघिका हारको बदला लिने अवसर


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल अहिले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङमा उत्रिएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयसँगै यूएईलाई फिल्डिङको निम्तो दिएको हो ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले पहिले ब्याटिङमा जाने निर्णय लिएका हुन्।

प्रशिक्षक स्टुवार्ट लले जापानविरुद्धको खेलमा उतारेको सुरुवाती ११ लाई यूएईविरुद्ध पनि कायमै राखेका छन् ।

विश्वकप छनोटसँगै यो प्रतियोगिताको उपाधि यात्रा बलियो बनाउन यो खेल दुवै देशका लागि निर्णायक छ ।

नेपाल र यूएई समान दुई अंकसहित अपराजित छन् । यस खेलबाटै अपराजितमध्ये एउटा टिमले पहिलो हारको सामना गर्नुपर्नेछ ।

यदि नेपालले जितेमा विश्वकप छनोटको सम्भावना अझै बलियो बनाउनेछ । उता यो प्रतियोगिताको उपाधिनजिक पनि पुग्नेछ ।

यसअघिका खेलमा नेपाल यूएईविरुद्ध लगातार हार भोगेको छ । यसअघि नेपालले यूएईविरुद्ध ओमानमा भिडेका सबै तीन खेलमा निराश हुनु परेको थियो ।

नेपालले यूएईविरुद्ध यूएईमा भएको टी-२० एसिया कप छनोटको सेमिफाइनलमा हार भोगेको थियो। त्यहीकारण नेपालले एसिया कपको अवसर गुमायो ।

यस पटक नेपाल उच्च लयमा छ । डेढ वर्षपछि यूएईसँग पुरानै मैदानमा उत्रिएको नेपालले जित निकाल्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : २९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग