नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक « Khabarhub

नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२५’ मा स्वर्ण पदक जित्न सफल भएको छ।

वेल्सको ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ टोलीले सहभागिता जनाएका थिए।

सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

अभ्यासमा सहभागी टोलीले करिब ७० पौण्ड तौल बराबरको उपकरणसहित ६० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ।

त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक सीपहरूको परीक्षण गरिन्छ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो।

यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको दक्षता र क्षमताको पुनः पुष्टि गरेको नेपाली सेनाले जनाएको छ।


 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ४१ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको