नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक « Khabarhub

नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२५’ मा स्वर्ण पदक जित्न सफल भएको छ।

वेल्सको ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ टोलीले सहभागिता जनाएका थिए।

सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

अभ्यासमा सहभागी टोलीले करिब ७० पौण्ड तौल बराबरको उपकरणसहित ६० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ।

त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक सीपहरूको परीक्षण गरिन्छ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो।

यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको दक्षता र क्षमताको पुनः पुष्टि गरेको नेपाली सेनाले जनाएको छ।


 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ४१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना