नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने « Khabarhub

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज २८ गतदेखि काठमाडौंमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । 

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २८ देखि कार्तिक १ गतेसम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जनाएको हो । 

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । 

मेलामा विभिन्न प्रजातिका फूल तथा नफुल्ने आलंकारिक फूलका बिरुवालगायत कृषि तथा जडीबुटी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनले बताइन् । 

मेलामा ६२ वटा व्यावसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनले बताइन्।

त्यस्तै व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

उक्त मेलामा कम्तीमा ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ५९ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको