नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने « Khabarhub

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज २८ गतदेखि काठमाडौंमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । 

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २८ देखि कार्तिक १ गतेसम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जनाएको हो । 

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । 

मेलामा विभिन्न प्रजातिका फूल तथा नफुल्ने आलंकारिक फूलका बिरुवालगायत कृषि तथा जडीबुटी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनले बताइन् । 

मेलामा ६२ वटा व्यावसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनले बताइन्।

त्यस्तै व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

उक्त मेलामा कम्तीमा ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ५९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र