यूएईलाई नेपालले दियो १४१ रनको चुनौती « Khabarhub

यूएईलाई नेपालले दियो १४१ रनको चुनौती


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौँ अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे ।

उता कप्तान रोहितकुमार पौडेल २०, गुलशनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अरू चल्न सकेनन्।

उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले व्यक्तिगत १/१ विकेट झारे ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ५८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज