गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ « Khabarhub

गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले अब शीर्ष नेतालाई बिदा गर्नै पर्ने बताएका हुन् ।

नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १० वर्षयता सत्ताको म्युजिकल चेयर चलिरहेको बताउँदै उनले उनीहरूलाई बिदा गर्नै पर्ने मत राखेका हुन् ।

थापाले २०८२ भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको पनि टिप्पणी गरेका छन् । सभापति देउवालाई यत्रो पर्दा संवेदना नराखेको भनेर पार्टीकै साथीहरूले कुरा उठाएकोमा उनले त्यस्तो नगरेको बताए ।

आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २४ गते जेन-जीका नाममा सभापति देउवामाथि गरिएको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकालेको पनि उनले बताए ।

आफूहरू कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्वीकार्य हुन्छ भनेर मान्ने व्यक्तिका रुपमा एक पटक फेरि चिनाए । थापाले आफूहरू पनि हातपात हुनबाट मुस्किलले बाँचेको बताए ।

‘हामी पनि त्यही कुटपिट, हातपात र अपमान सहेर आएका हौँ । हामी आफ्ना नेतालाई सम्मान गरौं । संवेदना पनि राखौं । सँगै कांग्रेस, एमाले र माओवादीका साथीलाई अपिल गर्छु, हामीले आफ्ना तीनै नेतालाई प्रष्ट भन्नुपर्छ, तपाईं अब नो मोर । तपाईंहरूले छोड्नुपर्छ’, उनले भने, ‘अब तपाईंहरूबिना पार्टी चलाउन सक्छौं । हामी सम्हाल्छौँ। नेतृत्व बदल्नुपर्छ । संस्कृति बदल्नुपर्छ ।’

उनले यदि छोड्नु परे आफूपनि पार्टीको नेतृत्व छोड्न तयार रहेको सन्देश फेरि दोहोर्‍याएका छन् । यसअघि पनि गगनले आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७