गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ « Khabarhub

गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले अब शीर्ष नेतालाई बिदा गर्नै पर्ने बताएका हुन् ।

नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १० वर्षयता सत्ताको म्युजिकल चेयर चलिरहेको बताउँदै उनले उनीहरूलाई बिदा गर्नै पर्ने मत राखेका हुन् ।

थापाले २०८२ भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको पनि टिप्पणी गरेका छन् । सभापति देउवालाई यत्रो पर्दा संवेदना नराखेको भनेर पार्टीकै साथीहरूले कुरा उठाएकोमा उनले त्यस्तो नगरेको बताए ।

आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २४ गते जेन-जीका नाममा सभापति देउवामाथि गरिएको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकालेको पनि उनले बताए ।

आफूहरू कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्वीकार्य हुन्छ भनेर मान्ने व्यक्तिका रुपमा एक पटक फेरि चिनाए । थापाले आफूहरू पनि हातपात हुनबाट मुस्किलले बाँचेको बताए ।

‘हामी पनि त्यही कुटपिट, हातपात र अपमान सहेर आएका हौँ । हामी आफ्ना नेतालाई सम्मान गरौं । संवेदना पनि राखौं । सँगै कांग्रेस, एमाले र माओवादीका साथीलाई अपिल गर्छु, हामीले आफ्ना तीनै नेतालाई प्रष्ट भन्नुपर्छ, तपाईं अब नो मोर । तपाईंहरूले छोड्नुपर्छ’, उनले भने, ‘अब तपाईंहरूबिना पार्टी चलाउन सक्छौं । हामी सम्हाल्छौँ। नेतृत्व बदल्नुपर्छ । संस्कृति बदल्नुपर्छ ।’

उनले यदि छोड्नु परे आफूपनि पार्टीको नेतृत्व छोड्न तयार रहेको सन्देश फेरि दोहोर्‍याएका छन् । यसअघि पनि गगनले आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज