जेनजी आन्दोलनका क्रममा फरार ११ कैदी पाँचथरबाट पक्राउ « Khabarhub

जेनजी आन्दोलनका क्रममा फरार ११ कैदी पाँचथरबाट पक्राउ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पाँचथरमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो । उनीहरु भागेर गाउँ आएको समयमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका–१ का घनेन्द्र तामाङ, फिदिम नगरपालिका–१ का विनय नेम्बाङ, फिदिम–५ का मङ्गलसिं तुम्बापो, फिदिम–११ का गजेन्द्र परियार दर्जी र फिदिम–१२ का मिलन थाम्सुहाङ, तुम्बेवा गाउँपालिका–५ का गोपाल बोहोरा, हिलिहाङ गाउँपालिका–७ का चक्र तामाङ, हिलिहाङ–४ का किरण पोखरेल, मिक्लाजुङ गाउँपालिका–५ का सन्तवीर लावती, फाल्गुनन्द गाउँपालिका–३ का देशबहादुर तामाङ र याङवरक गाउँपालिका–३ का उदेश नुगो छन् । उनीहरु गत भदौ ३० गतेदेखि यही असोज २४ गतेसम्ममा जिल्लाका विभिन्न स्थानबाट प्रकाउ परेका हुन् ।

पक्राउ परेकाहरु जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन् । पक्राउ परेका कैदीलाई सम्बन्धित कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कर्णले बताए । देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी यहाँ आएर लुकिछिपी बस्ने सम्भावनाका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ५० बजे

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको