पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल « Khabarhub

पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका युवक तेन्जिङ दावा पक्राउ परेका छन् ।

तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका छन् ।

उनले टीओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको भिडियो भाइरल भएपछि विवाद भएको थियो । उनले बुलेट बाइकमा चढेर उक्त पेस्तोल बोकेको भिडियो काठमाडौंको बिजुली बजारमा खिचेको देख्न सकिन्छ ।

तर त्यो भिडियो आन्दोलनको दिनको या अन्य बेलाको भन्ने खुल्न सकेको छैन । ‘अहिले हामी अनुसन्धानको चरणमा छौँ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ ’, भट्टराईले खबरहबलाई भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ४९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा