पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल « Khabarhub

पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका युवक तेन्जिङ दावा पक्राउ परेका छन् ।

तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका छन् ।

उनले टीओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको भिडियो भाइरल भएपछि विवाद भएको थियो । उनले बुलेट बाइकमा चढेर उक्त पेस्तोल बोकेको भिडियो काठमाडौंको बिजुली बजारमा खिचेको देख्न सकिन्छ ।

तर त्यो भिडियो आन्दोलनको दिनको या अन्य बेलाको भन्ने खुल्न सकेको छैन । ‘अहिले हामी अनुसन्धानको चरणमा छौँ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ ’, भट्टराईले खबरहबलाई भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ४९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन