बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगे « Khabarhub

बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगे


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको खुलासा भएको छ । बीबीसीका अनुसार गत वर्षमात्रै बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको थियो ।

प्रहरीले बेलायतबाट आइफोन चोरी गरी चीन पुर्‍याउने गतिविधिमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेसँगै यस घटनाबारे तथ्य सार्वजनिक भएको हो ।

यस अभियानलाई बेलायतमा फोन चोरी विरुद्ध गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ । हालसम्म प्रहरीले १८ जनालाई पक्राउ गरिएको छ । त्यसबाहेक प्रहरीले दुई हजारभन्दा बढी चोरीका फोनहरू पनि बरामद गरेको बीबीसीले जनाएकोे छ ।

पक्राउ परेकाहरूमा दुई जना अफगान र एक भारतीय नागरिक पनि रहेको बीबीसीले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार लन्डनमा चोरी भएका झण्डै आधा फोन विदेश लैजान यही गिरोह जिम्मेवार छ ।

गत क्रिसमसमा एक पीडितले आफ्नो चोरीको आईफोन ट्र्याक गरेकी थिइन् । उक्त फोन लण्डनको हिथ्रो विमानस्थल नजिकैको गोदाममा फेला परेपछि अनुसन्धान सुरु भएको थियो ।

सुरक्षाकर्मीहरूले अनुसन्धानका क्रममा उक्त स्थानमा पीडितको सहित ८ सय ९४ अन्य फोनहरू पनि फेला पारेका थिए । अनुसन्धानमा ती सबै फोनहरू चोरी भएको र हङकङका लागि पठाउने तयारी भइरहेको पत्ता लगाएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ५८ बजे

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को