आज विश्व निमोनिया दिवस मनाइँदै « Khabarhub

आज विश्व निमोनिया दिवस मनाइँदै


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ । निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो ।

सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।

निमोनिया के हो ?
निमोनिया फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण हो जुन ब्याक्टेरिया, भाइरस वा फङ्गसद्वारा हुने गर्दछ । निमोनियाले विशेष गरेर बालबालिका, ज्येष्ठ नागरिक, इम्युन कम्प्रोमाइज भएका बिरामीहरू (जस्तै मधुमेह भएका, हार्ट फेलियर, किड्नी फेलियर भएका र एचआइभी सङ्क्रमित) र दीर्घ श्वासप्रस्वासका समस्या भएका बिरामीहरूलाई धेरै असर गर्ने गर्छ ।

निमोनियाका लक्षणहरू
निमोनियाका मुख्य लक्षण खोकी, खकार, श्वासप्रस्वासमा समस्या र छाति दुःखाइ हुन् । यो बाहेक ब्याक्टेरियल निमोनिया भएकालाई उच्च ज्वरो आउने गर्छ । भोक कम लाग्नु र तौल घट्दै जानु पनि निमोनियाका लक्षण हुन् ।

जोगिने उपाय
निमोनियाका किटाणुहरू धेरै जसो चिसो मौसममा फैलने हुँदा जाडो समयमा न्यानो कपडाको प्रयोग गर्ने, चिसोबाट बच्ने, धुमपान र मद्यपान जस्ता बानीहरु त्याग्ने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ४७ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा