निमोनियाबाट कसरी बच्ने ? « Khabarhub

सन्दर्भ: विश्व निमोनिया दिवस

निमोनियाबाट कसरी बच्ने ?

समयमै अस्पताल पुग्न सके अकालमा ज्यान गुमाउनु पर्दैन


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ५ वर्षमुनिका बालबालिकाको अकाल मृत्युको मुख्य कारक बनेको निमोनियाबारे जनसमुदायमा जागरुकता फैलाउने उद्देश्यले सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ मा संसारभर विश्व निमोनिया दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार निमोनियाले हरेक वर्ष विश्वभर पाँच वर्षभन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ । त्यसमध्ये १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सक बताउँछन्।

नेपालमा शिशुको मृत्युदर, बाल मृत्युदर घट्दै गइरहेकाले निमोनियाको दर पनि घट्दो छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा.नवराज केसी भन्छन्– ‘नेपालमा शिशुको मृत्युदर, बाल मृत्युदर घट्दै गइरहेकाले निमोनियाको दर पनि घट्दो छ । तर नेपाललगायत विश्वव्यापी रुपमै बालबालिकालाई संक्रमण गर्ने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । झाडापखाला र निमोनिया बालबालिका बिरामी हुने र मृत्यु हुनुको मुख्यकारण मानिएको उनले बताए ।

पछिल्लो समय खोपको उपलब्धता, बढ्दो जनचेतना, बढ्दो स्वास्थ्यकर्मीको संख्या, बाटोघाटो लगायतका कारणले रुघाखोकी, ज्वरो आएका बालबालिकालाई तुरुन्तै अस्पताल लैजाने प्रवृत्तिले सिरियस खालका निमोनियाका बिरामीको संख्या घटिरहेको डा. केसी बताउँछन् ।

उनकाअनुसार १० वर्ष अगाडि जुनखालका बिरामी आउँथे, अहिले त्यस्तो अवस्था छैन । यद्यपि सोचेजस्तो न्यूनिकरण गर्न सकिएको छैन ।

बालबालिकामा निमोनिया हुनुको कारण के हो ?
डा. केसीले भने निमोनिया श्वासप्रश्वासका माध्यमबाट फैलिने एक किसिमको सरुवा रोग हो । यो सामान्य भाइरसदेखि लिएर जीवाणु, किटाणु तथा फङ्गसका कारण लाग्ने गर्दछ । जसमा निमोकोल, हेमोफिलस इन्फ्लुएन्जा प्रमुख हुन् ।

त्यो बाहेक ठूलो मान्छेलाई रुघाखोकी लागेको छ भने बच्चाको नजिक जाँदा त्यसबाट पनि सर्छ भने सानै उमेरमा धेरै मानिसले साबुनपानीले हात नधोएरै बच्चालाई छुने गर्दा पनि निमोनियाका संक्रमण हुने उनले बताए ।

नेपालमा नवजात शिशुलाई आगोमा धेरै सेक्ने, आगो नजिकै सुताउने लगायतका प्रवृत्तिले धेरै बालबालिकामा निमोनियाको जोखिम रहने डा. केसीको भनाइ छ ।

न्यूनिकरणका उपाय
निमोनिया न्यूनिकरणका लागि खोप नै प्रभावकारी उपाय भएको डा. केसी बताउँछन् । उनकाअनुसार नेपालमा स्वास्थ्यका विभिन्न कार्यक्रममध्ये खोप कार्यक्रम उत्कृष्ट रहेको छ ।

नेपालमा नवजात शिशुलाई आगोमा धेरै सेक्ने, आगो नजिकै सुताउने लगायतका प्रवृत्तिले धेरै बालबालिकामा निमोनियाको जोखिम रहने डा. केसीको भनाइ छ ।

निमोनियाको जोखिममा रहेका बालबालिका जस्तै दमको समस्या भएका, मुटुमा समस्या भएका बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई खोप आवश्यक रहेको तर यो निःशुल्क गर्न नसकेको उनले बताए ।

बीमाले यसलाई समेटेको छ तर स्थानीय सरकारले आफ्नो क्षेत्रमा त्यस्ता बालबालिका पत्ता लगाएर निःशुल्क गर्नसके अझै धेरै बालबालिकालाई निमोनियाबाट जोगाउन सकिने डा. केसी बताउँछन् ।

उपचार
रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिने बित्तिकै जति सक्दो चाँडो अस्पताल लगेर चेकजाँच गराउन उनको सुझाव छ । नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा जाँदा चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने जस्तोसुकै निमोनियाको बिरामीलाई बचाउन सकिने डा. केसी बताउँछन् ।

डा. केसीका अनुसार पछिल्लो समय देशभरी नै निमोनियाका बिरामीका लागि राम्रो उपचार हुने गरेको छ । अक्सिजनको उपलब्धता, एन्टिबायोटिक औषधी, बाफ लगाउने व्यवस्थालगायतको राम्रो सुविधा भएकाले समयमै उपचारमा जाँदा निमोनियाकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : ४६ बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै