बिहान सबेरैदेखि राति अबेरसम्म यसरी चल्छ कालिमाटी तरकारी बजार (फोटोफिचर) « Khabarhub

बिहान सबेरैदेखि राति अबेरसम्म यसरी चल्छ कालिमाटी तरकारी बजार (फोटोफिचर)


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालिमाटी भन्नेबित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ । हुन पनि कालिमाटी तरकारी बजार काठमाडौंकै सबैभन्दा ठूलो, पुरानो र चिनिएको तरकारी बजार हो ।

यहाँ थोक तथा खुद्रा व्यापारीदेखि आम उपभोक्तासम्म दैनिक हजारौँ मानिसहरू तरकारी किनबेच गर्न आउँछन् ।

व्यापारीहरूका अनुसार कालिमाटी बजारमा बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुन्छ । ताजा तरकारी बोकेर आएका ट्रकहरू एकाबिहानै बजार प्रवेश गर्छन् । त्यसपछि थोक व्यापारीहरूले आफ्नो स्टलमा तरकारी राख्न थाल्छन् ।

बिहान १० बजेसम्म बजार अत्यन्त व्यस्त रहन्छ । यो समय व्यापारीहरूका लागि मुख्य कारोबारको समय हो । होलसेल ग्राहक र खुद्रा खरिदकर्ताहरूले बिहानै कालिमाटीबाट तरकारी उठाउँछन् । त्यसपछि बजार केही समयको लागि शान्त हुन्छ र गतिविधि कम हुन्छ ।

अपराह्न ३ बजेदेखि कालिमाटी बजार फेरि चलायमान हुन्छ र राति करिब ९ बजेसम्म व्यस्त रहन्छ । यो समय तरकारी प्याक गर्ने, वितरण गर्ने र खुद्रा ग्राहकहरूले किनमेल गर्ने समय हो । यसरी कालिमाटी तरकारी बजारले दैनिक दुई सिफ्टमा बिहान सबेरैदेखि राति अबेरसम्म सक्रिय भएर उपत्यकाको तरकारी आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाल सरकारले सञ्चालन गर्ने गरेको सबैभन्दा ठूलो फलफूल र तरकारी कमोडिटी बजार हो कालिमाटी । लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूल बेचविखन गर्ने थलोको रुपमा रहँदै आएको कालीमाटी बजार २०४३ साल आश्विन १५ गतेदेखि तत्कालीन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो ।

बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरूको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोषको सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : १४ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक