काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर « Khabarhub

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् ।

पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलबार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए ।

शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चश्मा निःशुल्क वितरण गरिएको थियो ।

कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएकामध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग बढी लागेको पाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : १२ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय