राजनीतिकरणले देश बिग्रियो, अब दलीय ट्रेड युनियन हुँदैन | Khabarhub Khabarhub

राजनीतिकरणले देश बिग्रियो, अब दलीय ट्रेड युनियन हुँदैन

नचिनेको र नकिनेको सेवाग्राहीले सेवा पाउनुपर्छ



‘सार्वजनिक प्रशासन नचिनेको र नकिनेको रुपान्तरण’ अभियान के हो ?

निजामति सेवा, प्रहरी, शिक्षक, स्वास्थ्य क्षेत्र लगायतका सार्वजनिक संस्थाका दायित्त्व निर्वाह गर्ने, सरकारको जिम्मेवारी बोकेका र सरकारी निकाय भनेर बुझ्ने संस्थामा अहिलेको नेतृत्त्वको अस्तित्त्वको रुपान्तरण हो । आम नागरिकको जीवनमा सरकारले प्रभाव पार्ने संस्थाले किनेको र सोर्सफोर्स लगाएको बाहेक अरुले एक रुपैयाँ खर्च नगरी काम गर्ने अवस्था छैन ।

नागरिकले निःशुल्क प्रभावकारी सेवा पाउन सकून् । नचिनेको र नकिनेको सेवाग्राहीले सेवा पाउनुपर्छ । गत असोज ५ गते ६ बुँदे वक्तव्य सार्वजनिक गरेका छौं । पहिलो निजामती कर्मचारी ऐन २०१३ को ऐन आजसम्म परिवर्तन छैन ।

राजनीतिक परिवर्तन, जो प्रधानमन्त्री भए पनि सिडिओ कार्यालयमा नागरिकता प्रदान गर्ने कर्मचारी हुन्छ । मालपोतमा लालपूर्जा बाँड्ने कर्मचारी हुन्छ । यातायात कार्यालयमा कर्मचारी हुन्छ । त्यसकारण कर्मचारी प्रशासन रुपान्तरण हुनुपर्छ । रुपान्तरण भनेको हिजोबाट जेनजी तथा आम नागरिकको अपेक्षा र वास्तविकताको दुरी जति छ, त्यो दुरी मेटाउनु यस अभियानको मूल मर्म हो । सार्वजनिक प्रशासन आम नागरिकको हितमा हुनुपर्छ ।

राजनीतिक परिवर्तन, जो प्रधानमन्त्री भए पनि सिडिओ कार्यालयमा नागरिकता प्रदान गर्ने कर्मचारी हुन्छ । मालपोतमा लालपूर्जा बाँड्ने कर्मचारी हुन्छ । यातायात कार्यालयमा कर्मचारी हुन्छ । त्यसकारण कर्मचारी प्रशासन रुपान्तरण हुनुपर्छ ।

सरकारी कर्मचारी लोकसेवा पास गरेर टीओआर लिएर आएको हुन्छ । पुराना कर्मचारी हटाएर नयाँ ल्याउने भन्ने तपाईंको योजना हावादारी भएन ?

हामीले पुराना कर्मचारी हटाउने भनेका छैनौं । गत चैत १५ गते राजावादीको आन्दोलनको क्रममा तीनकुनेमा जुन घटना भयो, घटनामा दोषी भएका तात्कालीन गृहसचिव, प्रहरी अधिकृतलाई कारवाही हुनुपर्ने थियो । सरुवा वा कारवाही हुनुपर्ने थियो । त्यो सुरक्षा निकायको ठूलो लापरवाही थियो । त्यतिबेलै उनीहरुलाई कारवाही गरेको भए भदौ २३ र २४ गते त्यति धेरै क्षति हुने थिएन ।

जेन-जी आन्दोलन घटनाका जिम्मेवार नेतृत्व तात्कालीन प्रधानमन्त्री, गृहमन्त्रीले राजीनामा दिइ सक्नुभयो । सरकारसँग मिलेर सबै विकासका काम गर्ने नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्का कुलिङ पिरियड लगायतका सारा चलखेल गर्ने विवादित महासचिव, गृहसचिवजस्ता जिम्मेवार पदाधिकारीको बर्खास्तीको माग हो । त्यसकारण हाम्रो अभियानलाई हावादारी भन्न मिल्दैन ।

पहिलो देशमा भएको भ्रष्टाचार र कुशासनको अन्त्य गरेर सुशासन हुनुपर्छ । दोस्रो जिम्मेवार पदाधिकारीको बर्खास्ती, त्यो परिस्थिति सिर्जना हुनुमा २०७२ मा संविधान जारी भएर यत्तिका समय बित्दा पनि संघीय निजामती ऐन किन रोकियो ?

राजनीतिक दाउपेच, उच्च प्रशासकको स्वार्थ र दलीय ट्रेड युनियनको राजनीतिकरणको अन्त्य र प्रहरी संगठन, राष्ट्रिय अनुसन्धान विभाग, निजामती, शिक्षा, स्वास्थ्यलगायत सबै सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै सार्वजनिक सेवा प्रवाहको लागि के–के गर्नुपर्छ ?

जनशक्तिको अभाव हो, प्रविधिको अभाव हो । हामीभित्रको समस्या समाधान खोजेको हो । नेता हुन अथवा कुनै नाफा लिनको लागि चलाइएको अभियान होइन । आम जनताको बीचमा सत्य कुरा लिएर आएका छौं ।

शिक्षामन्त्री डा. महावीर पुनले दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गर्नुभएको छ। अध्यादेशमार्फत यी सबै खारेज हुनेछन् । प्रधानमन्त्री सुशीला कार्की लगायत सम्पूर्ण राज्य संयन्त्रसँग नियमित वार्तामा छौं । समग्र सार्वजनिक सेवामा अब दलीय ट्रेड युनियन हुँदैन । विस्तारै यसको नतिजा आउँछ ।

कर्मचारीमा पनि जेन–जी घुसाएर पानी धमिलिएको मौकामा माछा मार्ने सुरसार गर्नुभएको छ ?

सेवाग्राही भएरतपाईं जानुस् । सजिलै काम हुन्छ ? हुँदैन । नचिनेको वा सोर्स नलगाई काम हुँदैन । राजनीतिक दलभित्रैका दोस्रो र तेस्रो तहका नेताहरु जसले रुपान्तरण चाहन्छन्, उहाँहरुले नै हामीले उठाउन नसकेको मुद्दा उठाएको भनेर प्रशंसा गर्नुभएको छ । जेन–जीदेखि सबै स्टेकहोल्डर रुपान्तरण चाहन्छन् । यो सम्पूर्ण नेपाली जनताको विषय हो ।

सार्वजनिक सेवा प्रवाह प्रभावकारी होस् भन्ने नचाहने को छ ? देशमा भएको स्रोत र साधन हुँदाहुँदै प्रयोगमा ल्याउन सकिएको छैन । जनशक्ति विदेश पलायन भइरहेको छ । हामीले देश बनाउने सवालमा के गरिरहेका छौ ? सरकारले हामीले उठाएका मुद्दा पूरा गर्ने प्रतिबद्धता जनाउनुपर्छ ।

अध्यादेश ल्याएर भए पनि टुङ्गो लगाओस्, म त्यही दिन राजीनामा दिन्छु । पेशागत संघसंगठनले हाम्रो बारेमा वक्तव्य निकाल्न तयार छन् । हामी हाम्रो विषयको नतिजा चाँडै ल्याउने तयारीमा छौं ।

आन्दोलन पछाडि मुख्य सचिवदेखि सचिवको राजीनामा माग्नुभएको थियो । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । त्यो कहाँ पुग्यो ?

त्यो कार्यान्वयनको चरणमा छ । केही कर्मचारीको सरुवा भएको छ । समस्या मात्रै कुरा गरेका छैनौं, समाधानसहित आएका छौं। अर्थमन्त्री रामेश्वर खनालसँग छलफल भएको छ । गृहमन्त्रीसँग पनि कुरा हुन्छ । प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवसँग पनि कुरा भएको छ । सार्वजनिक प्रशासनको राजनीतिकरणले देश बिग्रियो भन्नेमा उहाँहरु सहमत हुनुहुन्छ।

सार्वजनिक प्रशासनको सेट नै परिवर्तन गर्ने भन्ने कसरी पत्याउने ?

हामीले सेट नै परिवर्तन भनेको होइन । जिम्मेवार घटनाका तत् जिम्मेवार पदाधिकारीको बर्खास्ती मागेको हो । कानूनमा एउटा कुरा लेखिएको छ, कार्यान्वयन अर्को हुन्छ । एनसेलले कर तिरेन भन्दै आएका छौं । त्यतिबेलैदेखि कर अधिकृतले दबाब दिएर उठाउने होइन ? ऐनमा लेखिएको कुरा किन किस्ताबन्दीमा जान्छ ?

यो समस्या राजनीतिको मात्रै नभएर कर्मचारीको हो । के के गरेर मुख्यसचिव हुनुभयो ? के के गरेर टिक्न खोजिरहनु भएको छ ? उहाँका हर्कत कुलिङ पिरियडसम्म आउँदा जिम्मेवारी लिनु पर्दैन ? संसद्, सिंहदरबार र सर्वोच्च अदालत बचाउन सकिने कुरामा उहाँले कुनै पहल गर्नुभएन । उहाँको विगतदेखिका तर्क कुतर्कसहित बर्खास्त हुनुपर्ने हो ।

नेपाल सरकारलाई बर्खास्त गर्न असोज ५ र ८ गते प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । त्यो कार्यान्वयन गर्न उहाँहरु सकारात्मक हुनुहुन्छ । २४ घण्टाभित्र मुख्य सचिवको बर्खास्त चाहियो अथवा यो बाट उत्पन्न हुने जस्तोसुकै परिस्थिति सामना गर्न तयार हुनुस् भनेका छौँ ।

जिम्मेवारी पूरा नगर्ने उहाँले गरेको सिङ्गो गल्ती कर्मचारीले लिने भन्ने हुँदैन । निजामती ऐन उहाँहरुले रोकेको हो । प्रशासनिक संघीयता असफल हुँदाको परिणाम हो । ०७२ को संविधानले ३ वर्षभित्र ऐन आउनुपर्छ भनेको छ । सर्वोच्चले आदेश गरेको छ ।

तर उहाँले मध्यस्थता गर्न खोज्नुभएको छैन । त्यो मान्न हामी तयार छैनौं । बाहिर जेनजी, ट्रेड युनियनलाई रोकेर राखेका छौं । हामीभित्रको समस्या आफैं समाधान गर्छौं भनेर लागेका छौं ।

जेन–जी आन्दोलनको मुख्य मुद्दा सुशासन हो । सत्ता ढल्यो तर कर्मचारीतन्त्रलाई यो आन्दोलनले कत्ति पनि छोएन नि ?

कर्मचारीतन्त्रलाई किन छोएन भन्ने कुरामा आउँदा २००७ सालदेखि नै हेर्ने हो भने पटक पटक राजनीतिक व्यवस्था परिवर्तन भयो । तर कर्मचारीतन्त्र उही छ । हिजो जुन स्थितिमा थियो, आज पनि त्यही छ । यही कुरा रुपान्तरण हुनुपर्यो । बालुवाटारको घटनामा बिचौलिया उचाल्ने काम कर्मचारीले गरेको हो ।

हामी बालुवाटारको जग्गा प्रकरण भन्ने बित्तिकै नेता मात्रै सम्झिन्छौं । लाजपूर्जा कर्मचारीले दिएको होइन ? वाइडबडी काण्ड कर्मचारीको मिलेमतोमा भएको हो ।

१० प्रतिशत राजनीतिज्ञ एक्स्ट्रा छन् । बुद्धिजीवी कर्मचारीभन्दा माथि छन् । अर्को १० प्रतिशत अहिलेको राज्य सञ्चालन गर्न योग्य छन् । बाँकी ८० प्रतिशत नेताहरु ल्याप्चे हुन् । विषय ज्ञानमा ल्याप्चे छन् । सयौं पेजको स्पेसिफिकेसन त्यहाँ के छ ? थाहा छैन । त्यसकारण सबै घटनामा कर्मचारीतन्त्रले बदमासी गरेको छ ।

कर्मचारीतन्त्रमा के समस्या छ ? गाँस, बास कपासै समस्या हो ? न्यूनतम जीवन निर्वाहको कुरा हो भने राज्यले त्यही अनुसार तलबभत्ता बढाउनु पर्‍यो ।

कर्मचारीतन्त्रमा के समस्या छ ? गाँस, बास कपासै समस्या हो ? न्यूनतम जीवन निर्वाहको कुरा हो भने राज्यले त्यही अनुसार तलबभत्ता बढाउनु पर्‍यो । तर नियतवस भ्रष्टाचार गरेको हो । एकै व्यक्ति दशवटा पद ओगटेर बस्छ भने तिनीहरु बर्खास्त हुनुपर्छ । जेन–जी आन्दोलनको मूल मर्मअनुसार सार्वजनिक प्रशासनको अनियमितता रोक्नुपर्छ ।

कर्मचारीले जागिरमा प्रवेश गरेको केही समयमै धनी हुन्छन् । भ्रष्टाचार र अनियमिता मुख्य कारण हो ?

चन्द्रबहादुर थापा, यदुनाथ खनाललगायत कति मुख्यसचिवलाई लिएर आज पनि हामी गर्व गरिरहेका छौं । आज को मुख्यसचिव र सचिव गर्व गर्न लायक छन् ? कर्मचारीमा यो मान्छेले गज्जब काम गरेको छ भनेर कुनै एक व्यक्तिको नाम लिन सकिन्छ ? सकिदैन । एक आमनागरिकले जागिरमा प्रवेश गरेको छोटो समयमै अथाहा धन आर्जन गर्छ भनेर भन्न सक्छ ।

चप्पल लगाएर शहर पसेको नेता रातारात धनी भएजस्तै कर्मचारी रातारात धनी हुन्छ । सेटिङ गर्न मालपोत बस्छ, अध्यागमनमा बस्छ, वैदेशिक रोजगारमा बस्छ । १०–१२ प्रतिशतले सेटिङ गर्ने कर्मचारीको जिम्मा अरु ८५ प्रतिशतले लिनुपर्ने बाध्यता छ । ६० प्रतिशत कमिसन नदिई काम गर्दैनन्, व्यवसाय गर्छु भन्नेको हालत त्यस्तो छ । त्यसकारण पीआइएसबाट सरुवा हुनुपर्‍यो । सुशासन दिने प्रतिबद्धता गरेको सरकारले हाम्रो मागअनुसार काम गर्छ भन्नेमा छौं।

निजी क्षेत्रमा न्यूनतम पारिश्रमिक छैन । नर्सकोको आन्दोलन देखिरहनुभएकै छ । के आठ हजार तलबको भरमा अस्पतालमा नर्सले उचित सेवा प्रवाह गर्न सक्छन् ? सरकारीमा पनि त्यस्तै कम पारिश्रमिक हो भने बढाऔं । कर्मचारी घटाऊँ, काम गर्ने समयावधि बढाऔं । कर्मचारीतन्त्रको रुपान्तरण इतिहासमा न हिजो कसैले गरेको थियो ? ठूलो आँटले तथ्याङ्क, तथ्य, जानकारी, विचार, नवीनता विश्लेषण गरेर अभियान चलाएका हौँ ।

सार्वजनिक संस्थाले जनशक्तिको अभावले काम ढिला भयो भन्छन् । जनशक्ति घटाएर सेवा प्रवाहमा समस्या आउँदैन ?

यो देशको जनसंख्या अनुसार कर्मचारी हुनुपर्छ भन्ने कुरा कुनै संस्थाको व्यवस्थापन अडिट हुनुपर्छ । व्यवस्थापन अडिट भएन भने मान्छे भए पनि काम हुँदैन । दिल्ली राजदूतावासमा काउन्सिलको काम गर्ने १२ जना छन् । जबकी त्यो काम दुई कर्मचारीले गर्न सक्छन् । गृह मन्त्रालय, जिल्लाको मातपोत जो सर्वाधिक सेवा प्रवाह हुने कार्यालयमा जनशक्तिको अभाव छ । यसको व्यवस्थापन आवश्यक छ ।

दिल्ली राजदूतावासमा काउन्सिलको काम गर्ने १२ जना छन् । जबकी त्यो काम दुई कर्मचारीले गर्न सक्छन् । गृह मन्त्रालय, जिल्लाको मातपोत जो सर्वाधिक सेवा प्रवाह हुने कार्यालयमा जनशक्तिको अभाव छ । यसको व्यवस्थापन आवश्यक छ ।

सिस्टमले काम गर्ने प्रविधि बनाउने हो । एक्जिटिङ माइण्डसेट, लिडरसीप र स्ट्रक्चरले रुपान्तरण टाल्ने हो । कर तिर्नसमेत घुस दिनुपर्छ यो देशमा । एआईको जमाना आइसक्यो । हामी २०१३ सालको कर्मचारीतन्त्र लिएर हिँडेका छांै । हरेक क्षेत्रमा प्रणाली बनाएर काम गरौं । बायोमेट्रिक दिएपछि त्यसैलाई हरेक ठाउँमा प्रयोग गरौं । रबटको युगमा फोटोकपी पेपर बोक्दै हिँड्नुपर्ने अवस्था रोक्नुपर्यो ।

कर्मचारीले राजनीति गर्ने प्रवृत्ति अन्त्य नभएसम्म सुशासनको परिकल्पना सम्भव होला ?

राजनीति भनेको के हो ? राजनीतिको ‘र’ पनि हामीले प्रयोग गरेका छैनौं । सार्वजनिक निकायको रुपान्तरण मुद्दा उठाउनु भनेको राजनीति गर्नु होइन । कुनै राजनीतिक दलसँग लागेर बोलेका छैनौं । सार्वजनिक सेवा प्रवाह कसरी प्रभावकारी बनाउने भन्ने विषय हरेक नागरिकसँग जोडिएको विषयको उठान गरेको हो ।

मतदाता परिचयपत्र बनाउने कार्यालयमा भ्याइ नभ्याइ छ । काम नभएका कर्मचारी त्यहाँ परिचालन हुनुपर्छ । यस अभियानमा टेकेर ट्रेड युनियन हुनु छैन । बढुवा खानु छैन ।

सरकारी सेवालाई प्रक्रियामुखीबाट परिणामुखी बनाउन कसले के गर्नुपर्छ ?

प्रणाली सुधार पहिलो काम हो । मालपोतमा दिने कागजात, यातायातमा दिने कागजपत्र लगायतका कागजपत्र बायोमेट्रिक प्रणालीमा राख्नुपर्छ । राष्ट्रिय परिचयपत्रमा समावेश गरिसेकपछि सरकारले त्यहीबाट लिनुपर्छ । हरेक नेपाली नागरिकले पनि सचेत हुनुपर्छ ।

अबको चुनावको मुख्य एजेन्डा नेपालको ‘सार्वजनिक प्रशासन सेवा’ प्रवाह हुन्छ । हामीले त्यो स्थापित गराएका छौं । असोज ५ बाट आजको दिनसम्म आउँदा यो विषय स्थापित गर्न सफल भएका छौं । निजी क्षेत्रको राम्रो कुरा सरकारीमा पनि लागू हुनुपर्‍यो । यही तलब भत्ताले सही तरिकाले सेवा प्रवाह गर्न सकिन्छ । रगतमा लतपतिएर हिजो सेटिङ गरेका ब्युरोक्रेटका हाकिमको हामी भन्डाफोर गर्छौ ।

आइसीटी प्रणालीको अधिकतम प्रयोग गरेर आम नागरिकलाई उद्यमशीलतामा जोड्नुपर्छ । युवालाई रोजगारसँग जोड्नुपर्छ । देशभित्र काम गर्ने वातावरण बनाउनुपर्छ ।

रुपान्तर अभियान जेनजी आन्दोलन लगत्तै किन ?

यो अभियानमा लाग्ने एक सहसचिवको अध्यक्षतामा हामी उपसचिव लगायत विभिन्न सल्लाहकार टिम छ । मेरै संयोजकत्वमा पाँच जना जेनजी समूहसहित १५ सदस्यीय कार्यसमिति छ । यस टिममा रहने हिजो पनि लडेरै आएको हो । पारदर्शिताको लागि निरन्तर लड्दै आएको समूह हो ।

आइसीटी प्रणालीको अधिकतम प्रयोग गरेर आम नागरिकलाई उद्यमशीलतामा जोड्नुपर्छ । युवालाई रोजगारसँग जोड्नुपर्छ । देशभित्र काम गर्ने वातावरण बनाउनुपर्छ । मुलुकको समृद्धि, राष्ट्रिय हित र विकासको लागि हामी जेन–जी आन्दोलन भन्दा अगाडिदेखि बोल्दै आएको हो ।

यसपाली सही समय आएको हो, अभियान उजागर गर्ने । दलीय करणले राजनीतिक हस्तक्षेपले अभियान सफल भएको थिएन । तर अहिले दल भत्किए । यिनीहरुको रबैया सकिएको छ । अहिले दल नै रूपान्तरण भइरहेका छन् । हिजोको जसरी अब चल्दैन । अब नतिजा नागरिकले चाहिरहेका छन् । सार्वजनिक प्रशासन रूपान्तरण विना राष्ट्र विकासको सम्भावना छैन । हामी रूपान्तरण गरेरै छोड्छौं ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ३५ बजे

राजश्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र राजश्व

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्

काठमाडौं- पछिल्लो समय अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको

नागरिक हितार्थ तीन तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ,

नगरकोटबाट हिमाल हेर्दै मानिसहरू (तस्बिरहरू)

काठमाडौं– मौसम सफा भएसँगै अहिले उपत्यकाको विभिन्न स्थानमाबाट हिमश्रृङ्खला देखिन

गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा