एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर « Khabarhub

एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीच संगठनात्मक एकीकरणका लागि सात बुँदे सहमति भएको छ।

‘देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण’ गर्ने उद्देश्यसहित बुधबार भएको सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार दुवै पक्षले नेपाल र नेपाली जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेपबाट मुक्त राजनीति र राष्ट्रिय अर्थतन्त्रको पक्षमा अग्रसर हुने बताएका छन्।

पार्टीले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरणका लागि काम गर्ने र आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनको मिति र स्थान सचिवालयले निर्धारण गर्नेछ।

सहमति बमोजिम मातृभूमि जागरण अभियान अन्तर्गतका संरचनाहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा पारस्परिक सहमतिका आधारमा समायोजन गरिनेछ। साथै, पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम संयुक्त रूपमा तयार गरिने उल्लेख छ।

पार्टी सञ्चालन लोकतान्त्रिक मान्यता र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुने सहमतिपत्रमा भनिएको छ। एकीकरण प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यकतानुसार विभिन्न तहमा कार्यदल गठन गरिने पनि उल्लेख गरिएको छ।

सहमतिका सात बुँदा

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिवद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : ५३ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी