दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस् « Khabarhub

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको समूहले सरकारसमक्ष २७ बुँदे माग राखेको छ।

बुधबार गृहमन्त्रालयमा पुगेको प्रसाईंको समूहले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष २७ बुँदे माग राखेको हो ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का सदस्यहरूको माग पत्र बुझेपछि गृहमन्त्री अर्यालले चुनावमा जान सुझाएका हुन् ।

महाअभियानका संयोजक प्रसाईंलाई अर्यालले राजनीतिक दल दर्ता गरेर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन सुझाएका हुन् । यद्यपि बुधबार गृहमन्त्रीलाई भेट्न प्रसाईं भने सिंहदरबारमा पुगेका थिएनन्।

प्रसाईं नेतृत्वको महाअभियानले बुधबार गृह मन्त्रालयमा पुगेर राखेका विभिन्न २७ बुँदे मागबारे सुनेपछि अर्यालले यस्तो सुझाव दिएका हुन् ।

प्रसाईंका मागबारे प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले राजनीतिक प्रकृतिका रहेका बताए । उनले राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेरै निर्वाचनमा जान सुझाएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राजनीतिक प्रकृतिका माग पूरा गर्न दल दर्ता गरेर निर्वाचनमा होमिन भनिएको बताएका छन् ।

त्यस क्रममा गृहमन्त्री अर्यालले शान्ति प्रक्रिया र सुशासनका सन्दर्भमा राखिएका माग पूरा गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका छन् ।

प्रसाईंले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र र १४ अञ्चल ल्याउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी जेन-जीका केही समूहले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायत माग पनि प्रसाईं नेतृत्वको महाअभियानले गरेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : १७ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना