बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा अचानक बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, उनलाई गए राति करिब १ बजे मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा लगिएको हो । घरमै बेहोस भएपछि उनले पारिवारिक साथीलाई बोलाएका थिए, जसपछि तुरुन्तै उनलाई अस्पताल पुर्‍याइएको बताइन्छ ।

अस्पताल पुगेपछि चिकित्सकले तत्काल आवश्यक उपचार थालेका थिए । रिपोर्ट अनुसार, गोविन्दाको अहिले विभिन्न स्वास्थ्य परीक्षणहरू भइरहेको छ र चिकित्सकहरूले न्यूरो विशेषज्ञको सल्लाहका लागि प्रतीक्षा गरिरहेका छन् । 

भारतीय मिडिया इन्डिया टुडेको रिपोर्टअनुसार, ६१ वर्षीय गोविन्दाले अस्पतालमा भर्ना हुनुअघि नै आफूलाई असहज महसुस गरिरहेका थिए ।

हालसम्म उनको परिवार वा व्यवस्थापन टोलीले औपचारिक वक्तव्य जारी गरेको छैन, तर अस्पताल स्रोतका अनुसार गोविन्दाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । बलिउडका दर्शक र उनका प्रशंसकहरूले गोविन्दाको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले