बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा अचानक बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, उनलाई गए राति करिब १ बजे मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा लगिएको हो । घरमै बेहोस भएपछि उनले पारिवारिक साथीलाई बोलाएका थिए, जसपछि तुरुन्तै उनलाई अस्पताल पुर्‍याइएको बताइन्छ ।

अस्पताल पुगेपछि चिकित्सकले तत्काल आवश्यक उपचार थालेका थिए । रिपोर्ट अनुसार, गोविन्दाको अहिले विभिन्न स्वास्थ्य परीक्षणहरू भइरहेको छ र चिकित्सकहरूले न्यूरो विशेषज्ञको सल्लाहका लागि प्रतीक्षा गरिरहेका छन् । 

भारतीय मिडिया इन्डिया टुडेको रिपोर्टअनुसार, ६१ वर्षीय गोविन्दाले अस्पतालमा भर्ना हुनुअघि नै आफूलाई असहज महसुस गरिरहेका थिए ।

हालसम्म उनको परिवार वा व्यवस्थापन टोलीले औपचारिक वक्तव्य जारी गरेको छैन, तर अस्पताल स्रोतका अनुसार गोविन्दाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । बलिउडका दर्शक र उनका प्रशंसकहरूले गोविन्दाको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५१ बजे

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा