भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे « Khabarhub

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलसँगै बुधबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रमबाट नेकपामा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति र क्रियाकलाप देशलाई थप संकटतर्फ धकेल्ने रहेको निष्कर्षसहित उनी नेकपामा प्रवेश गरे‍का हुन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुँदा उनी पनि प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले ‘एघारौं महाधिवेशनमा कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि महाधिवेशन समापन हुने’ भनि दिएको मन्तव्यले उनी ‘जबजको चीरहरण’ गर्ने मनसाय राखेर अघि बढेको शाहले बताएका छन् ।

उनी २०७४ सालमा भएको प्रदेशसभाको पहिलो कार्यकालमा बाजुराबाट निर्वाचित भएका थिए ।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य भएका थिए । त्यसबेला उनी एमाले संसदीय दलको नेता पनि भए । उनी प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्री भएका थिए ।

शाह एमालेमा लगातार दुई पटक केन्द्रीय समितिमा निर्वाचित भएका थिए । बाजुराको बूढीगंगा गाउँपालिका निवासी उनी एमालेनिकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्ष पनि बनेका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ०६ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको