भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे « Khabarhub

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलसँगै बुधबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रमबाट नेकपामा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति र क्रियाकलाप देशलाई थप संकटतर्फ धकेल्ने रहेको निष्कर्षसहित उनी नेकपामा प्रवेश गरे‍का हुन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुँदा उनी पनि प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले ‘एघारौं महाधिवेशनमा कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि महाधिवेशन समापन हुने’ भनि दिएको मन्तव्यले उनी ‘जबजको चीरहरण’ गर्ने मनसाय राखेर अघि बढेको शाहले बताएका छन् ।

उनी २०७४ सालमा भएको प्रदेशसभाको पहिलो कार्यकालमा बाजुराबाट निर्वाचित भएका थिए ।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य भएका थिए । त्यसबेला उनी एमाले संसदीय दलको नेता पनि भए । उनी प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्री भएका थिए ।

शाह एमालेमा लगातार दुई पटक केन्द्रीय समितिमा निर्वाचित भएका थिए । बाजुराको बूढीगंगा गाउँपालिका निवासी उनी एमालेनिकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्ष पनि बनेका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ०६ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना