एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा « Khabarhub

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क अभियान’लाई नौटंकीको संज्ञा दिएको छ ।

बुधबार काठमाडौंमा एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावलसहितलाई पार्टीमा स्वागत गर्ने क्रममा उद्घोषकको भूमिकामा रहेका नेता प्रकाश ज्वालाले यस्तो संज्ञा दिएका हुन् ।

‘कात्तिक २४ गते यही सभाहलमा एउटा नौटंकी भएको थियो, त्यसलाई आजको यो कार्यक्रमले एक किसिमले खारेज गरिदिएको छ’, उनले भने, ‘यही सभाहलमा भएको ‘घर फर्क अभियान’ केबल नौटंकी मात्रै थियो । हजारौँ हजार व्यक्तिहरू अहिले नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुनु भएको छ।’

उनले नेकपा प्रवेश अभियान र देशव्यापी रुपमा यो लहर चलेको पनि बताएका छन् । ‘केही कम्युनिस्ट पार्टी र समाजवादी पार्टीहरूसँग वार्ता चलिरहेको छ। केही दिनमै एकताको टुंगो लाग्छ’, उनले भने, ‘ती पार्टीहरूको नाम भन्दा छिटो हुन्छ । तर केही दिनमा तपाईंहरूले नतिजा थाहा पाउनु हुन्छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : १७ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको