एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा « Khabarhub

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क अभियान’लाई नौटंकीको संज्ञा दिएको छ ।

बुधबार काठमाडौंमा एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावलसहितलाई पार्टीमा स्वागत गर्ने क्रममा उद्घोषकको भूमिकामा रहेका नेता प्रकाश ज्वालाले यस्तो संज्ञा दिएका हुन् ।

‘कात्तिक २४ गते यही सभाहलमा एउटा नौटंकी भएको थियो, त्यसलाई आजको यो कार्यक्रमले एक किसिमले खारेज गरिदिएको छ’, उनले भने, ‘यही सभाहलमा भएको ‘घर फर्क अभियान’ केबल नौटंकी मात्रै थियो । हजारौँ हजार व्यक्तिहरू अहिले नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुनु भएको छ।’

उनले नेकपा प्रवेश अभियान र देशव्यापी रुपमा यो लहर चलेको पनि बताएका छन् । ‘केही कम्युनिस्ट पार्टी र समाजवादी पार्टीहरूसँग वार्ता चलिरहेको छ। केही दिनमै एकताको टुंगो लाग्छ’, उनले भने, ‘ती पार्टीहरूको नाम भन्दा छिटो हुन्छ । तर केही दिनमा तपाईंहरूले नतिजा थाहा पाउनु हुन्छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : १७ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना