अमेरिकामा देवी प्रतिभाको कथा वाचन  « Khabarhub

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ । ‘वेलडन क्रियसन्स’ को आयोजनामा मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा देवी प्रतिभाको कथा वाचन हुने भएको हो ।

उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान् श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउने आयोजकले बताएको छ ।

देवी प्रतिभा यात्रामा भागवत गीता प्रवचन, श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन, राधा कृष्णको आध्यात्मिक संवादसहित कथा वाचन, भक्ति र आत्माको मेल भजन, पूजापाठ र आरतीसँगै नेपाली धर्म, संस्कार र एकताको उत्सवसहितको सांस्कृतिक समुदाय भेटघाट कार्यक्रम आयोजना हुने बताइएको छ ।

उनले पछिल्ला वर्षहरूमा नेपाल, भारत, लगायतका देशहरूमा प्रभावशाली प्रवचन प्रस्तुत गर्दै आएकी छन् । आध्यात्मिक गहिराइ, प्रेम, र दर्शनसहितको उनको कथा वाचन शैली नेपाल र भारतमा निकै लोकप्रिय मानिन्छ ।

अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया, यूटा, नर्थ क्यारोलिना, इलिनोइस लगायतका राज्यहरूमा प्रवचन दिने कार्यक्रम तय भएको आयोजकले बताएको छ ।

कथा केवल सुनाउने कुरा नभएर भगवानको वाणी भएको बताउँदै देवी प्रतिभा भन्छिन्, ‘जहाँ श्रद्धा हुन्छ, त्यही भगवान् बास गर्नुहुन्छ । म अमेरिकामा रहेका नेपाली तथा भारतीय आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग कथा वाचन,भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु ।’

देवी प्रतिभाको ‘अमेरिका कथा वाचन यात्रा २०२६’ लाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : २२ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल