भीम रावललाई नेकपामा फूलमाला र अंकमालले स्वागत (तस्बिरहरू) | Khabarhub Khabarhub

भीम रावललाई नेकपामा फूलमाला र अंकमालले स्वागत (तस्बिरहरू)


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । 

रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए। 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : २८ बजे

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको