कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त « Khabarhub

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन् ।

कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागू हुने सो पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित एक समारोहमा उनले खड्कालाई नियुक्तिपत्र प्रदान गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ४२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव