शशांकको प्रस्ताव : विशेष महाधिवेशन पक्षधरलाई पनि मनाएर पहिले निर्वाचनमा जाऊँ « Khabarhub

शशांकको प्रस्ताव : विशेष महाधिवेशन पक्षधरलाई पनि मनाएर पहिले निर्वाचनमा जाऊँ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनबारे पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउन नहुने बताएका छन् ।

बरू विशेष महाधिवेशनको माग गरिरहेका नेताहरूको पनि भावना समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने उनले बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनतिर जान नहुने बताए । उनले विशेष महाधिवेशन माग गरेकाहरूलाई विश्वासमा लिएर जानु उचित हुने बताए

कोइरालाले सामाजिक न्याय र समतामुलुक समाज निमार्णको बीपी कोइरालाको विचार स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पुर्‍याउन द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थिति रहेको अवस्थामा हठात् प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठभन्दा विपरीत विचारप्रति सहिष्णुता, सह-अस्तित्वसहित द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माणको आवश्यकता रहेको उनले बताए ।

डा. कोइरालाले आजको मुख्य विषय भनेकै फागुन २१ को निर्वाचन भएको पनि बताए । उक्त निर्वाचनमा जान सबै राजनीतिक दल, नागरिक समाजलगायतलाई एकतावद्ध गर्नुपर्ने दायित्व कांग्रेसको भएको उनले बताए ।

‘यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ’, उनले भने, ‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आमनिर्वाचन नै एकमात्र विकल्प हो । त्यहीकारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ ।’

कोइरालाले निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताए । ‘यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिऊँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व सरकारकै हो’, उनले भने, ‘यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऊँ ।’

कोइरालाले जेन-जी आन्दोलनपछि सरकार मात्रै बदलिएको बताउँदै संविधान यथावत रहेको उल्लेख गरे । फागुन २१ को निर्वाचनमार्फत् बन्ने प्रतिनिधि सभाले संविधान संशोधन गरेर जेन-जीका माग पूरा गर्न सकिने उनले बताए ।

कांग्रेसले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नुपर्ने पनि उनले बताए ।

‘मूलतः हामीले अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने सोच्नुपर्छ ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाई कांग्रेसले गर्नुपर्छ’, उनले भने ।

कोइरालाले दुई छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउन विषेश ध्यान दिनुपर्ने बताए । नेपालको हितमा उपयोग हुने गरि मित्रराष्ट्रहरूको सरोकारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने उनले स्पष्ट पारे ।

भदौ २३ र २४ गतेपछि आफ्नो मनमा केही प्रश्न उठिरहेको भन्दै उनले ०६२/६३ को जनआन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु नपर्ने भनिए पनि फेरि रक्तपात र भयावहको अवस्था किन आयो ? यसको उत्तर खोजिनुपर्ने बताए ।

‘यो परिस्थिति आउनुमा क–कस्को के–के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सवोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ?’, उनले भने, ‘जहानियाँ राणाशासनविरुद्ध फरक ढंगले विद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको विराटनगरस्थित निवास किन ध्वस्त बनाइयो भन्दै त्यसको जवाफ कांग्रेसले खोज्नुपर्छ।’

गणेशमान सिंहको निवास चाक्सिवारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा आफूले बुझेको उनले बताए ।

‘मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजी घर आदि जल्नु कुनै कोणबाट सही थिएन । निजी क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न सम्भव छैन’, उनले भने, ‘सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नीमाथि भएको भौतिक आक्रमण निन्दनीय र दुःखद थियो । यो अमानवीय घटनाको निन्दा गर्दछु ।’

कोइरालाले भदौ २३ र २४ गते घटनामा निष्पक्ष छानबिन गरेर वास्तविकता सार्वजनिक गरिनुपर्ने माग पनि बैठकमा गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ०८ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल