दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा « Khabarhub

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘द काउन्सिल अफ जेन-जी’का संयोजक सुदन गुरुङले तीनवटा समूहमा विभाजित जेन-जीहरूलाई छलफलमा बोलाएका छन्।

जेन-जी मुभमेन्ट अलायन्स र जेन-जी फ्रन्टका नेताहरूलाई गुरुङले बैठकका लागि बोलाएका हुन्। यस्तै गुरुङको समूह ‘द काउन्सिल अफ जेन-जी’पनि बैठकमा सहभागी हुनेछ

बुधबार हुने बैठकमा फागुनको निर्वाचन नजिकिँदै गर्दा कसरी अगाडि बढ्ने रणनिति बनाइने भएको छ। दल दर्ताका लागि जेन-जीहरू अलग अलग जाने या एकै ठाउँ उभिने विषयमा कुरा हुने भएको छ । सुदन गुरुङले नयाँ दल दर्ता गराउन लागेको अवस्थामा उनले अन्य जेन-जीहरूलाई पनि त्यसमै समाहित हुन प्रस्ताव गर्न सक्नेछन् ।

मङ्गलबार बेलुका यी तीन समूहबीच विभिन्न विषयमा छलफल भएको थियो। त्यसैको निरन्तरतास्वरूप गुरुङले यी तीन समूहबीच छलफल गराउन लागेका हुन् ।

गुरुङले काठमाडौंको वसन्तपुरमा बैठक बस्ने गरी उनीहरूलाई बोलाएका छन्। बैठक साँझ ६ बजेदेखि बस्ने जेन-जी नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : २५ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना