दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा « Khabarhub

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘द काउन्सिल अफ जेन-जी’का संयोजक सुदन गुरुङले तीनवटा समूहमा विभाजित जेन-जीहरूलाई छलफलमा बोलाएका छन्।

जेन-जी मुभमेन्ट अलायन्स र जेन-जी फ्रन्टका नेताहरूलाई गुरुङले बैठकका लागि बोलाएका हुन्। यस्तै गुरुङको समूह ‘द काउन्सिल अफ जेन-जी’पनि बैठकमा सहभागी हुनेछ

बुधबार हुने बैठकमा फागुनको निर्वाचन नजिकिँदै गर्दा कसरी अगाडि बढ्ने रणनिति बनाइने भएको छ। दल दर्ताका लागि जेन-जीहरू अलग अलग जाने या एकै ठाउँ उभिने विषयमा कुरा हुने भएको छ । सुदन गुरुङले नयाँ दल दर्ता गराउन लागेको अवस्थामा उनले अन्य जेन-जीहरूलाई पनि त्यसमै समाहित हुन प्रस्ताव गर्न सक्नेछन् ।

मङ्गलबार बेलुका यी तीन समूहबीच विभिन्न विषयमा छलफल भएको थियो। त्यसैको निरन्तरतास्वरूप गुरुङले यी तीन समूहबीच छलफल गराउन लागेका हुन् ।

गुरुङले काठमाडौंको वसन्तपुरमा बैठक बस्ने गरी उनीहरूलाई बोलाएका छन्। बैठक साँझ ६ बजेदेखि बस्ने जेन-जी नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : २५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव