‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश « Khabarhub

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने भएको छ ।

नायक मुकुन भुसालको स्थानमा अर्का नायक महेश त्रिपाठीलाई लिएर निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्म बनाउने जानकारी दिए ।

देउजाले गत असारमै यो फिल्म बनाउने घोषणा गरेका थिए । त्यसबेला शीर्ष कलाकारमा मुकुन नै दोहोरिने बताइएको थियो । त्यस समय कलाकारको समय नमिल्दा यो फिल्मको छायाङ्कनमा निस्कन सकेको थिएन ।

मुकुनले समय निकाल्न नसकेको कारण उनको स्थानमा अर्को नायकलाई अनुबन्ध गर्नु परेको निर्देशक देउजाले बताएका छन् ।

‘झिँगेदाउ’ मुकुनको करिअरको सबैभन्दा बढी व्यापार गर्ने फिल्म मध्येको एक हो । तर, सिक्वेलबाट भने उनी बाहिरिएका छन् ।

फिल्मबाट आफ्नो बहिर्गमनको कारण समय व्यवस्थापनमा नै समस्या रहेको मुकुनले खबरहबलाई बताए । उनले भने, ‘मेरो समय मिलेन । केही समय कुर्नुभन्दा उहाँहरूले मान्नुभएन ।’

निर्देशक देउजाका अनुसार फिल्ममा अर्का नायक आर्यन सिक्देलको पनि प्रवेश भएको छ । नायिकाहरूमा केकी अधिकारी र आँचल शर्माले नै निरन्तरता पाएका छन् ।

मंसिर १५ देखि छायाङ्कनमा निस्कने तयारीमा निर्देशक देउजा रहेका छन् ।

कपनगढी सिनेमा प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

०८३ सालको दशैँमा फिल्म प्रदर्शनमा ल्याउने योजना रहेको निर्देशक देउजाले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ४७ बजे

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’

काठमाडौं– अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा