माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके « Khabarhub

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले होस गुमाइसकेको बताएका छन् ।

बुधबार मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलसहितलाई नेकपामा स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरू एकजुट हुँदा ओलीले होस गुमाइसकेको बताएका हुन् ।

नेपालले अझै पनि एकता प्रक्रिया जारी रहने बताएका छन् । यसअघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले अझै अरू दल र नेता पनि मिसिने बताएका थिए ।

‘हाम्रो एकता र नेकपा निर्माण केहीको होस् गुमिसकेको होला । कसैले होस गुमाएर गालीगलौज गर्नु जरूरी छैन’, उनले भने, ’गाली गर्न छाडेर हामीलाई धन्यवाद दिए हुन्छ। मैले त बिगारेको कम्युनिस्ट आन्दोलनलाई तपाईंहरूले सपारेकोमा धन्यवाद दिन्छु भनेर प्रस्ताव पास गर्नु राम्रो हुन्छ। यदि त्यसो भएमा हामीलाई लागेको घाउमा मलहम हुनेछ ।’

नेपालले नेकपाको एकता अभियान नरोकिने पनि बताएका छन् । यसअघि नेता रावलले बिछोडको दिनको आलो घाउमा मलहम लगाएको जस्तो महसुस भएको बताएका थिए । पेरिसडाँडामा आयोजित कार्यक्रममा सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदाको बिछोडको आलो घाउमा मलहम लगाएको जस्तो महसुस भएको बताएका थिए ।

गत कात्तिक १९ मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । सह-संयोजकमा माधव नेपाल छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : १३ बजे

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ

निर्वाचनमा भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न