गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ | Khabarhub Khabarhub

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहे पनि उनले देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीहरूको मनोबल उच्च नै रहेको बताए ।
 
३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधवारबाट अवकाशमा जान लागेका खापुङलाई सुखद अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले खापुङले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई खाचो रहेको बताए ।

सरकार गठनको परिस्थिति र अवस्थाबारे सबैलाई जगजाहेर रहेको कुरा बताउँदै गृहमन्त्री अर्यालले आइजिपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष नै रहेको बताए । गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीहरूको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने विचार गृहमन्त्री अर्यालले व्यक्त गरे ।

गृहमन्त्री अर्यालले भने ‘अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरूको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : १७ बजे

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका