६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा « Khabarhub

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ। 

गृह मन्त्रालयले बुधवार राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिवस्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो। जसमा ६ जना प्रमुख जिल्ला अधिकारी पनि छन् ।

सरूवा हुनेमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे छन् । उनी दैलखबाट सरुवा भएर गुल्मीको प्रजिअ भएका छन्।

उता रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई पाँचथरको प्रजिअ बनाइएको छ । गुल्मीका प्रजिअ आनन्दा सारू दैलेख पुगेका छन् ।

त्यस्तै जुम्लाका प्रजिअ खिमबहादुर रायमाझीलाई गृहमन्त्रालयमा ल्याइएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा गरिएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : १४ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने