बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ « Khabarhub

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे मंसिरमा केन्द्रदेखि वडासम्मका सबै कार्यसमिति भंग गर्ने विकल्प प्रस्तुत गरेका छन्। असोज २८ देखि जारी केन्द्रीय समितिमा बुधबार नेता केसीले पार्टी एक भएर चुनावमा जाँदासमेत जनतालाई अघिल्लोपटकको म्यान्डेट पूरा गर्न नसकेको जवाफ दिन कठिन रहेको बताए।

‘अहिले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन नै समाधान बन्ने हो । हस्ताक्षरसहितको प्रस्ताव दर्ता भइसकेको हुँदा कार्यवाहक सभापतिले उनीहरूलाई प्रतिनिधित्व गर्नेहरूसँग वार्ता गर्नुस्, सक्नुहुन्न भने अन्तिममा शेरबहादुरजीलाई नै बोलाउनुस्,’ नेता केसीले भने, ‘विशेष महाधिवेशनका लागि कुनै कार्यविधि नभएको हुँदा महाधिवेशन हलमा गएर समझदारी हुन्छ भन्ने मलाई लाग्दैन। नियमित महाधिवेशनमा जान सकिँदैन भने केन्द्रदेखि वडा तहसम्मका कार्यसमिति विघटन गरौँ।’

उनले केही पनि गर्न नसकिए विघटन अन्तिम विकल्प हुने बताए। अहिले पार्टी विधान भनिरहेका महामन्त्रीहरूलाई उनले अहिलेसम्म विधान किन चाहिएन भन्दै प्रश्न गरे। केसीले अहिलेको परिस्थितिमा टिकटको आश्वासन बाँडिसकेको संस्थापन पक्षलाई सबैभन्दा धेरै प्रेसर परेको भन्दै अहिले अर्को पक्ष पनि प्रेसरभन्दा बाहिर नरहेको बताए।

उनले अहिलेको सरकारले निर्वाचन गराउन सक्ने लक्ष्य नदेखाएको पनि बताए। चुनाव गराउन देखिएका चुनौती पहिचान गरेर कांग्रेसले ठोस विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। जेनजी आन्दोलनमा सरकारको नेतृत्वमा रहेको एमाले नै चुनावका लागि तयार नदेखिएकाले पनि चुनावको वातावरण नरहेको तर्क उनको छ।

‘एमाले, जेनजी, भागेका कैदी, लुटिएका हतियार, सीके राउत र दुर्गा प्रसाई निर्वाचनका चुनौती हुन्,’ केसीले भने, ‘यी सबैलाई विश्वासमा राख्न कांग्रेसले भूमिका खेल्न सक्यो भने मात्र देश चुनावमा जान सक्छ।’

अन्योल र अनिश्चिततामा जेनजीका माग सम्बोधन नहुने भन्दै उनले संसद् पुनर्थापना गरी निर्वाचनमा जाँदा चुनौती घट्ने तर्क गरे।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४६ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको