एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल « Khabarhub

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे।

यसअघि भारतका तर्फबाट त्यहाँको आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह सो संस्थाको अध्यक्ष थिए। बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलङ्काका सदस्यहरु सहभागी थिए ।

सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि कार्यकारी प्रमुख भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सवलीकरणमा बोर्ड सदस्यको थप क्रियाशीलताको अपेक्षा गरेको बताउनुभएको प्राधिकरणले जनाएको छ ।

उनले एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउन एडिपिसिको विशिष्ट स्थान रहेको बताए ।

जिम्मेवारी ग्रहणलगत्तै एडिपिसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको थियो । एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायत क्षेत्रीय कार्यक्रमको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित रहेका छन् ।

एडिपिसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो । यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ । यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : २१ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको