सुनचाँदीको मूल्य निरन्तर उकालोतिर « Khabarhub

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : ०४ बजे

ब्रिटिश कोलम्बियामा ‘नेपाली हेरिटेज डे’ घोषणा

काठमाडौं- क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले सन् २०२६ मे २९ लाई

पूर्वमन्त्री दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौं–  नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा

रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह