रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो « Khabarhub

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ। हिजो बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबीच भइरहेको सम्भावित सहकार्य, साथै जेन–जी अगुवा र सरकारले गरेको समझदारीलाई मध्यनजर गर्दै म्याद थपिएको हो।

सचिवालयले परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समयमा उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सकिने र प्राप्त आवेदनहरूको छनोट प्रक्रिया सुरु गरिने जानकारी गराएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ५३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।