मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे « Khabarhub

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६  भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।

किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा  खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल  जाँदै गरेको बताए।  पछिल्लो समय मानव र हिउँ चितुवा बीचको द्धन्द बढ्दै जान थालेको छ । 

हिउँदयाममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरनक्षेत्र खोज्दै वस्ती नजिक आउने गर्छन । हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूले पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ । 

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौति देखिएको छ । यसैका कारण जिल्लाका कतिपय किसानहरू पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् । 
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : ४० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।