एनपीएल : सर्वाधिक रनमा विनोद र रोहितको प्रतिस्पर्धा, कसले जित्ला कार ? « Khabarhub

एनपीएल : सर्वाधिक रनमा विनोद र रोहितको प्रतिस्पर्धा, कसले जित्ला कार ?


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल बाँकी हुँदा उपाधि होडमा रहेका दुई टिमका दुई ब्याट्सम्यान सर्वाधिक रनको दौडमा छन्। फाइनल अगाडिको ग्राफ हेर्दा सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले २६४ रन बनाउँदा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले २६० रन जोडेका छन्।

विनोदले समूह चरण र पहिलो क्वालिफायर गरेर आठ इनिङ खेल्दा रोहितले समूह चरण, इलिमिनेटर हुँदै दोस्रो क्वालिफायर गरेर ९ इनिङ खेलेका छन्।

विनोद भण्डारी सुदूरपश्चिमका विकेट किपर भएकाले उनले केही महत्त्वपूर्ण क्याच लिएका छन्। उनले एनपीएल यो सिजन ९ वटा क्याच लिएका हुन्। लुम्बिनीका कप्तान रोहितले भने सात विकेटसँगै ६ क्याच हात पारेका छन्। ब्याट, बल र फिल्डमा हेर्दा दुवै खेलाडी अब्बल देखिन्छन्। यो सिजन रोहित एक पटक प्लेयर अफ द म्याच बन्दा विनोदले दुई पटक प्लेयर अफ द म्याचको उपाधि पाएका छन्।

रोहितले फिल्डमा मात्र राम्रो गरेका छैनन् सात विकेट लिएर बलिङमासमेत आफ्नो जादु देखाएका छन्। रोहित राष्ट्रिय टिमकासमेत कप्तान हुन् भने विनोदले केही समय नेपाल ‘ए’ टिमको कप्तानी गरे पनि लामो समयदेखि राष्ट्रिय टिममा पर्न सकेका छैनन्।

लुम्बिनीका कप्तान रोहितको चमक कसरी बढ्यो ?
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ९ इनिङ खेल्दा आठ छक्का र १६ चौकाको मद्दतमा २६० रन बनाएका हुन्। उनले चार इनिङमा नौ ओभर बलिङ गर्दा ८७ रन खर्चिएर सात विकेट हात पारेका छन्। रोहितको इकोनमी ७.३ रहेको छ।

एनपीएल सिजन दुईको पहिलो खेलमा चितवनविरुद्ध रोहितले ४४ बलमा ३९ रन बनाए। उक्त खेलमा लुम्बिनी सात विकेटले विजयी भयो। दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध रोहितले ४३ बलमा ४९ रन बनाउँदा लुम्बिनी भने ९ विकेटले पराजित भयो।

दुई ओभर बलिङ गरेका रोहितले बिना विकेट ३८ रन खर्चिएका थिए। तेस्रो खेलमा काठमाण्डुविरुद्ध १६ बलमा ११ रन बनाए। उक्त खेलमा एक ओभर मात्र बलिङ गरेका रोहितले ९ रन खर्चिएर दुई विकेट हात पारे। उक्त खेलमा काठमाण्डुसँग रोहितको टिम लुम्बिनी २२ रनले पराजित भयो।

चौथो खेलमा रोहितले सुदूरपश्चिमविरुद्ध ३६ बलमा ३५ रन बनाए। उनले बलिङ नगरेको उक्त खेलमा लुम्बिनी सात विकेटले पराजित भयो। पाँचौ खेलमा पोखराविरुद्ध ३६ बलमा ४० रन बनाउँदै रोहित प्लेयर आफ द म्याच बने। यो खेलमा लुम्बिनी तीन विकेटले विजयी भएको थियो। छैटौं खेलमा विराटनगरविरुद्ध तीन बलको सामना गरेर रोहित शून्यमै आउट भए। यो खेलमा लुम्बिनी पाँच विकेटले विजयी भएको थियो। आफ्नो ब्याट नचलेको विराटनगरविरुद्ध उनले बलिङसमेत गरेनन्।

सातौ खेलमा जनकपुरविरुद्ध ३२ बलमा ३४ रन बनाएका रोहितले दुई ओभर बलिङ गर्दा १५ रन खर्चिएर दुई विकेट नै हात पार्दा लुम्बिनी चार विकेटले विजयी भएको थियो।

इलिमिनेटरमा काठमाण्डुविरुद्ध २५ बलमा १८ रन खर्चिएका रोहितले चार ओभर बलिङ गर्दा २५ रन खर्चिएर तीन विकेट हात पारे। इलिमिनेटरमा काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा विराटनगरविरुद्ध ३० बलमा ३४ रन जोडेका रोहितले बलिङ गरेनन्। सर्वाधिक ४९ रन बनाएका रोहित यो सिजन फाइनल अगाडि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे पनि अर्धशतक बिहीन छन्।

विनोद भण्डारीको प्रशंसा योग्य प्रदर्शन
पछिल्लो समय राष्ट्रिय टिमको सदस्य बन्न नसकेका विनोद भण्डारीले एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि ओपनरका रुपमा महत्त्वपूर्ण र प्रशंसा योग्य ब्याटिङ गरेका छन्। समूह चरण र पहिलो क्वालिफायर गरेर आठ खेल खेल्दा विनोदले ९ छक्का र २३ चौकाको मद्दतमा २६४ रन बनाएका हुन्। दुई अर्धशतक हिर्काएका उनले ६९ रनको सर्वाधिक स्कोरसमेत खडा गरे। उनको इकोनमी ७.१ रहेको छ।

विनोद पहिलो खेल काठमाण्डुविरुद्ध २ बलको सामना गरेर शून्यमा आउट भए। ओपनर नचले पनि उक्त खेलमा सुदूरपश्चिम २९ रनले विजयी भयो। दोस्रो खेल विनोदले पोखराविरुद्ध ४२ बलमा ४३ रन रन जोडे। सुदूरपश्चिमले दोस्रो खेलमा पोखरामाथि १८ रनको जित दर्ता गरेको थियो।

तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध विनोदले १३ बलमा ११ रन मात्र जोडे। उक्त खेलमा सुदूरपश्चिम ४५ रनले विजयी भयो। चौथो खेलमा लुम्बिनीविरुद्ध भने विनोदले शानदार अर्धशतक हिर्काए। सुदूरपशिचमले सात विकेटको जित निकाल्दा उनले ४९ बलको सामना गरेर ६९ रन मात्र बनाएनन् तीन महत्त्वपूर्ण क्याच लिएर प्लेयर अफ द म्याचसमेत बने।

पाँचौं खेलमा विनोदले जनकपुरविरुद्ध ४९ बलमा ४२ रन जोडदा सुदूरपश्चिम ६ विकेटले विजयी भयो भने छैटौं खेलमा चितवनविरुद्ध १७ बलमा २१ रन जोड्दा सुदूरपश्चिमले ४९ रनको जित निकाल्यो। समूह चरणको अन्तिम अर्थात् सातौ खेलमा विनोदले विराटनगरविरुद्ध १३ बलमा १५ रन जोडे। उक्त खेलमा विराटनगर सुदूरपश्चिमसँग ६ विकेटले पराजित भयो।

आठौ खेल अर्थात् पहिलो क्वालिफायर विराटनगरविरुद्ध विनोदले अर्धशतक बनाए। ५२ बलको सामना गरेर उनले ६३ रन बनाएका हुन्। पहिलो क्वालिफायरमा विराटनगरलाई सुदूरुपश्चिमले ७७ रनले हराउँदा बिनोद प्लेयर अफ द म्याच बने।

अहिलेसम्म पोखराका एडम रोसिङ्टन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन्। सात इनिङ खेल्दा एक शतक दुई अर्धशतकसहित उनले ३२३ रन बनाएका छन्। उनलाई पछाडि पार्दै एनपीएल दोस्रो सिजनको ब्याटिङमा सर्वाधिक रन बनाउँदै पहिलो नम्बरमा पुग्न विनोदले फाइनलमा ६० रन बनाउनुपर्छ भने रोहितले ६४ रन बनाउनुपर्छ।

कसले जित्ला कार ?

एनपीएलमा उत्कृष्ट खेलाडीले कार पाउँछन् । कार पाउने खेलाडीमा सर्वाधिक रन मात्र भएर पुग्दैन समग्रमा सबै खेलको नतिजा हेरिन्छ । उपाधि दौडमै रहेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसमेत दाबेदार हुनसक्छन् भने सुदूरपश्चिमकै बलर अविनास बोहरा सर्वाधिक विकेटको दौडमा छन् । उनले १६ विकेट हात पर्दा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७ विकेट लिएका छन् ।

सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ।

यो सिजन कारको दाबेदार सर्वाधिकर विकेट टेकर अविनास र सन्दीप, अलराउन्डर दीपेन्द्रसँगै सर्वाधिक रन जोड्ने विनोद र रोहितसमेत हुन् । अघिल्लो सिजन उपविजेता बनेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रले कार जितेका थिए । यो सिजन भने कार कसले लान्छ भनेर फाइनल कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : २९ बजे

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको

सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको

झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

झापा– नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित