सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने « Khabarhub

सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आज ४ जना मन्त्री नियुक्त गरिने भएको हो।

 जसअनुसार कुमार इङनामलाई भूमिमन्त्री, माधव चम्लागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम तथा संस्कृति मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ ।

राष्ट्रपति कार्यालयका एक कर्मचारीको अनुसार उनीहरूलाई शपथ खुवाउनका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगिसकेको छ। 

यसअगाडि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिएर उनीलाई अर्को मन्त्रालयमा सरुवा गरिने तयारी गरिएको छ। 

स्रोतले दिएको जानकारी अनुसार उनलाई पर्यटन मन्त्रालय दिने सम्भावना छ। यसबारेमा जानकारी राष्ट्रपति कार्यालय समक्ष पुगिसकेको स्रोतको दाबी छ।

केही समय पछाडि राष्ट्रपति कार्यालयले पत्र जारी गर्न लागेको कार्यालयका अर्का सचिवको भनाइ छ । प्रधानमन्त्री कार्कीको सरकारमा अहिले १० जना मन्त्रीहरू छन्। अब चारजना थपिएपछि १४ जनाको मन्त्रिपरिषद् बन्नेछ। 

सुरुमा १० जना मात्रै मन्त्री बनाउने अठोट लिएकी कार्कीले काम गर्न समस्या भएपछि चारजना मन्त्री थप्न लागेको बताइएको छ । यस अगाडिको सरकारमा तीन राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिमण्डल विस्तार गरिने गरिएको थियो।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : ३८ बजे

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको