चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने « Khabarhub

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ । 

५ धाम मध्यको एक देवघाट धामलाई देवघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीन वटा पालिकाहरूको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो ।

देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक संस्थाले प्राविधिक सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डाक्टर ईश्वरीराज लौडारीले बताए  । 

उनले पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिने गरी देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताए ।

देशका खोलानदीहरु प्रदूषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदूषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाँउ विकास समितिको समन्वयमा देवघाटलाई  छिट्टै प्लास्टिक मुक्त क्षेत्र घोषणा उनले बताए । 

सहमति संस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदी सँगै हामी अभियान अन्तर्गत नारायणी नदी संरक्षणको काम गर्दै आइरहेको र देवघाट नेपाल कै महत्त्वपूर्ण तीर्थस्थल भएको कारण प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए । 

देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणाको फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी  सुविधा लगायतका पूर्वाधार निर्माणका काम समेत भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : १९ बजे

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

काठमाडौं– नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई)

गिग अर्थव्यवस्था : नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै