आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु  « Khabarhub

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।

‘प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पुर्‍याउनु हुनसमेत आग्रह गर्दछ’, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ । 

पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पुर्‍याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ५५ बजे

नवनियुक्त श्रममन्त्रीले भने- कार्यकाल छोटो छ, समय खेर नफाली काम गर्छु

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम

एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड

काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय

काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई

पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी

जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन