पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर « Khabarhub

पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् ।

कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए । 

कांग्रेसमा बिपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताए । 

‘कांग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो तर त्यसको नाममा  चार तारे झण्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन’, उनले भने । 

राज्यका तीन वटै अंग जलाइएको, दर्जनौँ नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिएको, सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणामाथि आक्रमण गरिएका बेला संयमता देखाउनु पर्नेमा पार्टीकै नेताहरुद्वारा अमर्यादित क्रियाकलाप प्रस्तुत गरिएको भन्दै नेता राठौरले आक्रोश व्यक्त गरे । 

आफूहरूले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेको तर उहाँहरू, उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै नगरेको सहमहामन्त्री राठौरले बताए । 

पार्टीले १५ औं महाधिवेशन र आमनिर्वाचनको तयारी सँगसँगै अघि बढाएको जानकारी दिर्दै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र काँग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनु पर्ने उनले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ०३ बजे

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ

राजेन्द्र लिङ्देनले भने- राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण