‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।

संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।
बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिटेन्स विभाग प्रमुख सुगेन (सुजित) शाक्य पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि शाक्यलाई बुधबार ललितपुर महानगरपालिका-११, ईखांछेबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।
टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर
चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत
बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब
हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् ।

सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन् ।
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको बिगोसहित मुद्दा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ ।

पोखरा विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार ८ अर्ब ३६ करोड रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गराएको हो ।
सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै
श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र
दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य
नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल सेवा पनि भित्रियो र यसको आवश्यकतासँगै एनसेलले पनि दूरसञ्चारको संवाहक बनेर सेवा दिन थालेको दुई दशक भइसकेको छ ।
मोबाइल सेवा अहिले हरेक उपभोक्ताका लागि आधारभूत आवश्यकता बनेको छ । अहिले ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा मोबाइल सेवा पुगेको छ ।

पछिल्ला दुई दशकमा सामाजिक र आर्थिक रूपमा जे जति विकास भएका छन्, त्यसमा टेलिकम कम्पनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान विशेष छ। समाजलाई आजको डिजिटल युगमा रूपान्तरण गर्नका लागि टेलिकम सेवाप्रदायकले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मोबाइल इन्टरनेटमार्फत कम्पनीहरूले समावेशी र डिजिटल अर्थतन्त्रको विकासमा ठूलो योगदान दिइरहेका छन् ।
सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन
मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति
म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ ।
सङ्घीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस
दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन
जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ ।
फेडरल तथ्यांक संस्था डेस्टाटिसका प्रारम्भिक तथ्यांकअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत बुद्धिभन्दा बढी हो ।

विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका छन् ।
आईएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेज्कीले भने,’दोस्रो लगातार महिनामा वृद्धि देखिनु औद्योगिक उत्पादनले अन्ततः तलबाट स्थिर हुँदै आएको संकेत हो ।’
बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)
चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति
खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख
लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुई करोड बढी रहेको छ ।

कार्यालयका लेखा शाखा प्रमुख पंकजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१-८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम दुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।
म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण
गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी













प्रतिक्रिया