इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध « Khabarhub

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, बालबालिकालाई विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ ।” शिक्षामन्त्री योभ किस्चले भने, “यो नीति ‘इजरायल र विश्वभरको अध्ययन साथै स्वस्थ र सुरक्षित शैक्षिक वातावरणको लागि इजरायली मन्त्रालयको प्रतिबद्धतामा आधारित छ, जसको उद्देश्य विद्यार्थीहरूको फोनको प्रयोगको नकारात्मक प्रभावलाई कम गर्नु हो ।”

प्रतिबन्धको कार्यान्वयनसँगै कक्षा कोठामा शैक्षिक कार्यक्रम र अभिभावकसँगको संवादमा सन्तुलित फोनको प्रयोग गर्न सिकाउन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग (बालबालिकाद्वारा) रोक्न र उमेरको अनुपयुक्त सामग्रीको जोखिम कम गर्न सकियोस् भन्ने हो । अबदेखि तत्कालै पनि विद्यालयहरूले उनीहरूको विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्दछन् तर सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागू हुनेछ ।

सेप्टेम्बरमा स्कूल वर्ष सुरु भएदेखि नगरपालिकाको निर्णयमार्फत तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयहरूमा स्मार्टफोनमा प्रतिबन्ध लगाइएको छ। अष्ट्रेलिया र फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोनमा यस्तो प्रतिबन्ध लगाइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा शिक्षा निकाय युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वभरका ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयमा स्मार्टफोनको प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको थियो । यो सन् २०२३ सम्म ३० प्रतिशत मात्र थियो।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : १५ बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन