आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा « Khabarhub

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिङ्गल्स’तर्फ फाइनलमा स्थान बनाएकी छिन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगितामा आज उनले उत्कृष्ट प्रदर्शन गर्दै महिला एकलतर्फ उपाधि नजिक पुग्न सफल भएकी हुन् ।

गुरुङले भारतकी कर्थिका पद्मकुमारसँगको खेलमा ६–३, ५–७, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । उनले जारी प्रतियोगिताको सर्किट–१ मासमेत उपाधि जितेकी थिइन् । गुरुङले फाइनलमा सर्किट–१ कै उपविजेता रहेकी ताइपेकी केचि सुसँग भेट पक्का गरेकी छन् । केची सुले सेमिफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१, ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

यसैगरी आजै सम्पन्न भएको ‘गल्र्स डबल्स’ फाइनलमा ताइपेकी केचि सुसँग जोडी बनेर शिभालीले उपाधि जितेकी छिन् । उनीहरूको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्याण्डकी बोइदेही उकिललाई ६–२, ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन् ।

जारी प्रतियोगिताअन्तर्गत ‘ब्वाइज सिङ्गल्स’मा ताइपेइका टिङहो याङले चीनका जियालियाङ गुओलाई ६–२, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्दा दक्षिण कोरियाका युलहो जुङले श्रीलङ्काका गनुका फर्नान्डोलाई ६–३, ६–० को सहज जित हात पार्दै याङसँग फाइनल भिड्ने पक्का गरेका छन् ।

त्यसैगरी, ‘ब्वाइज डबल्स’ फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३, ७–६ ९४० ले पराजित गर्दै उपाधि हात पारेका छन् । ‘सिङ्गल्स’ तर्फका फाइनल खेल शनिबार हुने कास्की टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिएका छन् । पोखरामा जारी प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : २३ बजे

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली